प्रहरी चौकीभित्रै हतियार धारीको आक्रमण, पाँच प्रहरी घाइते
हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ ।
स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन चौकी आएका थिए । तत्कालै केही युवा आएर उनीहरूमाथि आक्रमण गर्न थालेका थिए । उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए ।
जाहेरी दिन आएका व्यक्तिसँग दाहालले जानकारी लिरहेका बेला एक्कासी युवा प्रवेश गरी खुकुरी प्रहार गरेका थिए ।
आक्रमणकारीले खुकुरी प्रहार गर्दा समात्न खोज्ने क्रममा असई दाहालको बायाँ हातमा चोट सामान्य लागेको छ । घाइते दाहालको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले उजुरी गर्न आएका दुवैलाई जोगाएको थियो ।
उनीहरूलाई फोनमा धम्की दिनेहरूलेनै आक्रमण गरेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।
वडा नं १५ को वडा कार्यालय सामुन्ने रहेको चौकीभित्रै साँझ ७ः३० बजे आक्रमण भएको वडा नं १५ का वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिनुभयो । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चार प्रहरी कार्यरत थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आक्रमण, #प्रहरी चौकी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्