चितवन प्रहरीको सक्रियता : २७० केजी लागूऔषध गाँजा सहित ट्रक र चालक प्रहरी नियन्त्रणमा
चितवन । चितवनमा ठुलो परिमाणमा अबैध लागूऔषध (गाँजा) सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
भारतीय ट्रकमा लुकाइछिपाइ गाँजा ओसारपसार गर्दै गरेको भन्ने बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरी र ईलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले आज (बिहीबार) बिहान पौने ३ बजे राप्ती नगरपालिका १ स्थित प्रहरी बिट लोथर नजिकबाट पक्राउ गर्न सफल भएको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार राती ११ बजे सूचना प्राप्त भए पश्चात दुवै इलाकाका कमान्डरहरु खटिएका थिए । सोही क्रममा शंकास्पद अवस्थामा रोकिराखेको एन एल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाइ नियन्त्रणमा लिन खोज्दा लोथर तर्फ भाग्दै जाँदा ईलाका प्रहरी कार्यालय भण्डाराको टोलीले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको उक्त ट्रक चेकजाँच गर्दा अन्दाजी २७० के.जी लागूऔषध (गाँजा) सहित बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, ट्रकमा सवार भारत बिहार पुर्वी चम्पाचरण घर भएका अन्दाजी २५ बर्षिया पिन्टु कुमारलाई पनि पक्राउ गर्न प्रहरी सफल भएको जनाइएको छ ।
पक्राउ परेका पिन्टु कुमारमाथि थप अनुसन्धान गर्दै जाँदा उनलेे गाँजा बीरगंज हुँदै भारततर्फ लैजान लागेको भन्ने प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको (एसपी) अधिकारीले जानकारी दिए । उक्त घटनामा अन्य संलग्न व्यक्तिहरुको समेत आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई लागुऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई इलाका प्रहरी कार्यालय खैरहनीबाट थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत (एसपी) अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्