ट्रिपर तोडफोड गरेको आरोपमा दुइ जना पक्राउ
चितवन । नारायणी नदी उत्खनन गरिएको भन्दै ट्रिपरहरुमाथि तोडफोड गर्ने दुइ जनालाई चितवन प्रहरीले बिहीबार पक्राउ गरेर सार्ववजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १६ बस्ने ३१ बर्षिया बिनोद गुरुङ र २८ बर्षिया शसी कुँवर रहेको चितवन प्रहरीले जनाएको छ ।
उनीहरुले हिजो (बुधबार) बिहान भरतपुर महानगरपालिका १६ सानुगढीस्थित ज्ञानेश्वर सामुदायिक वनमा लामवद्ध रहेका १५ वटा टिप्परमाथि तोडफोड गरेका थिए । हातमा ढुङ्गामुढा बोकी अत्यावश्यक सवारी साधन दमकल समेतलाई अवरोध पुर्याउने कार्य गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेकाहरु उपर हिरासतमा राख्न म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
कोरोना महामारीका कारण चितवनमा निषेधाज्ञा जारी रहेको बेला जथाभावी रूपमा नदी उत्खनन् गर्दै अनावश्यक भिडभाड गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका थिए । ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले भने, कोभिड–१९ को मौका छोपेर गरिएको उत्खननले भरतपुरका अधिकांश क्षेत्रमा टिप्पर आतंक फैलिएको भन्दै गाउँलेहरु स्वस्फूर्त रुपमा आएर ट्रकहरुमा तोडफोेड गरेको बताएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्