एमाले चन्द्रागिरिको सक्रियता : कोरोनाबाट बचाउने अभियानमा सम्पूर्ण पार्टी कमिटी
काठमाडौं । विश्वमै महामारीको रुपमा फैलिएको कोभिड– १९ कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउने अभियानमा नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले सक्रियता बढाएको छ । पार्टी कमिटीले नगरमा आइसोलेसन सेन्टर सञ्चालनमा सहयोग, बिरामीहरुका लागि अत्यावश्यक भएको अक्सिजन ग्यासको व्यवस्थापन तथा स्वास्थ्य संस्थाहरुको अवस्थाबारे चासो दिँदै सम्पूर्ण पार्टी कमिटीलाई सक्रिय गराएको छ ।
अन्य क्षेत्रमा जस्तै चन्द्रागिरि नगरमा पनि कोरोना प्रकोप अध्यधिक भइरहेको अवस्थामा पार्टी नगर कमिटीको तेस्रो पूर्ण बैठक यही विषयमा केन्द्रित रही जेठ १३ गते बिहीबार अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको छ । नगर कमिटीको बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकले चन्दागिरि नगरमा कोरोना संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सहयोगको लागि ४१ सदस्यीय नगरस्तरीय सहयोग समिति नै गठन गरेको छ । एमाले नगर कमिटी अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा गठन सो कमिटीमा पार्टीमा आवद्ध बौद्धिक व्यक्तित्व, व्यवसायी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीसहित सबै क्षेत्रको प्रतिनिधित्व रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी नगरमा संक्रमितको संख्या बढिरहेको र छिटो र छरितो उपचार संस्थाको अभाव रहेको बैठकले औल्याउँदै चन्द्रागिरि नगरमा अक्सिजन प्लान्ट ,भेन्टिलेटर, आईसीयूसहितको अस्पताल निर्माणका लागि सम्बन्धित सबै पक्षसँग पहल गर्ने निर्णयसमेत गरेको छ ।
यसका लागि चन्दागिरि वडा नं. १ स्थित मनमोहन अस्पताल उपयुक्त भएकाले यसको शीघ्र सन्चालन्का लागि स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गर्ने प्रस्ताव बैठकमा पारित भएको छ । यसका लागि अविलम्ब कार्यान्वयनका लागि पहल गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले चन्द्रागिरि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्