अईसोलेसनमा वेड खरिद गर्न सखुवासभा कम्युनिटी अफ युएसएको सहयोग
सखुवासभा कम्युनिटी अफ अमेरिका (युएसए)ले कोभिड–१९ आइसोलेसनलाई १२ लाख ५० हजार रुपैया उपलब्ध गराएको छ । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा सञ्चालन गरिएको आइसोलेसनमा ५० वेड खरिदका लागि रकम हस्तान्तरण गरेको कम्युनिटीका जिल्ला संयोजक किरण कुमार शाक्यले जानकारी दिनुभयो ।

मानेभञ्ज्याङको कृषि बजारमा सञ्चालन गरिएको आइसुलेसनमा विरामी वेड खरिदका लागि कम्युनिटीले नगद सहयोग गरेको हो । सो रकम बाट २५ हजार रुपैयाँका दरले ५० वेड खरिद गरिएको जिल्ला समन्वय प्रमुख तथा अस्पताल व्यवस्थापन अध्यक्ष शाक्ले बताउनुभयो । संखुवासभामा जन्मीएर अमेरिकामा बसोवास गरिरहेका अमेरिकावासीबाट संकलित रकम कोभिड नियन्त्रणका लागि जिल्लामा पठाएको कम्युनिटीका अध्यक्ष शान्ति श्रेष्ठले जानकारी दिनुभयो । कोभिड नियन्त्रणका लागि पहिलो चरणमा सो रकम उपलब्ध गराएको हो । कम्युनिटीका जिल्ला संयोजकले आइसोलेसनलाई चेक हस्तान्तरण गराएका हुन् । कम्युनिटीले जिल्लामा परेको विपद्को समयमा सय अघि पनि विभन्न सहयोग गदै आएको छ ।

सो ५० वेडको आइसोलेसन जिल्ला अस्पताल र खाँदबारी नगरपालिकाले संयुक्तरुपमा निर्माण गरी बुधबार बाट सञ्चालनमा ल्याएको छ । हाल सम्म जिल्लामा १ सय ९० बेडको अईसोलेसन संचालनमा रहेको छ ।

क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##कोभिड१९, #hot, #संखुवासभा, #सखुवासभा कम्युनिटी अफ अमेरिका (युएसए)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्