प्रतिबन्धित लागूऔषध सहित दुइ जना पक्राउ
चितवन । चितवन प्रहरीले छुट्टाछुट्टै स्थानहरुबाट लागूऔषध सहित दुुइ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत, जेठ ९ गते राप्ती नगरपालिका ३ गड्यौलीबाट लागूऔषध नाईट्राजेपाम ४९० ट्याब्लेट सहित राप्ती नगरपालिका २ बस्ने २५ बर्षिया सुदिप भन्ने तारानाथ पाण्डेलाइ पक्राउ गरिएको जनाएको छ ।
त्यस्तै, प्रहरीले जेठ १० गते भरतपुर महानगरपालिका ११ स्थित मालपोतचोक नजिकै बाट रजत श्रेष्ठले संचालन गरेको मुक्तिनाथ डिजिटल फार्मेसीबाट समेत प्रतिबन्धित लागूऔषध सहित फार्मेसीका संचालक ३५ बर्षिया रजत श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले केयरज्याक लेखेको १७ एम्पुल, नुरफ्रिङ १७ एम्पुल, फेनेरागन १७ एम्पुल, नाइट्रावेट १० लेखेको ३८ थान ट्याब्लेट समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेेका दुबै विरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । पछिल्लो समय चितवनमा निषेधाज्ञा बढेसँगै प्रहरीको समेत सक्रियता बढ्दै गएको छ । प्रहरीको सक्रियताकै बाबजुद लागूऔषध कारोबारीहरु समेत धमाधम पक्राउ पर्दै आएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्