चितवन प्रहरीको सक्रियता : लागूऔषध गाँजा मुद्दामा फरार प्रतिवादी पक्राउ
चितवन । चितवन प्रहरीले लागूऔषध गाँजा मुद्दामा फरार रहदै आएका एक प्रतिवादीलाइ मंगलबार पक्राउ गर्न सफल भएको छ ।
चैत १२ गते चितवन जिल्ला अदालतले लागूऔषध गाँजा मुद्दामा सात बर्ष कैद र ७० हजार रुपैयाँ जरीवाना तथा दुइ हजार आठ सय राहत कोषमा दाखिला गर्न आदेश भए बमोजिम फरार रहदै आएका भरतपुर महानगरपालिका २४ बस्ने पदम बहादुर तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
झन्डै २ महिनासम्म फरार रहदै आएका तामाङलाइ प्रहरीको ब्यापक खोजतलास तथा सक्रियताका कारण मंगलबार पकाउ गर्न सफल भएको चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार पक्राउ परेका तामाङलाइ फैसला कार्यान्वयनको लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको र अदालतको आदेश अनुसार नै तामाङलाइ जिल्ला कारागार भरतपुरमा पठाइएको बताए ।
निषेधाज्ञाको बाबजुद पनि चितवन प्रहरीले फरार प्रतिवादीहरुलाइ धमाधम पक्राउ गर्दै फैसला कार्यान्वयनका लागी जिल्ला अदालतमा बुझाउदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्