कोरियाबाट संखुवासभा अईसोलेशनका लागि ४ थान स्टोपलाईजर सहयोग
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले संखुवासभाका आईसोलेशनका लागि ४ वटा स्टोपलाईजर सहयोग गरेको छ ।
जिल्ला अस्पताल खांदबारीद्वारा संचालन गरिएको आइसोलेशनहरुमा अक्सिजन कन्सनटेटर मेसिन कम भोल्टेजका कारण चलाउन समस्या भैरहेको बेला बैदेशिक रोजगारीमा दक्षिण कोरिया गएका संखुवासभालीहरुले नब्बे हजार मूल्य बाराबरको स्टोपलाईजर मेसिन सहयोग गरेका हुन् ।
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका अध्यक्ष बमबहादुर घलेले कोरोना संक्रमितहरुलाई अक्सिजनको कमी नहोस् भनेर अक्सिजन कन्सनटेटर मेसिन संचलनमा सहज होस् भनेर अस्पतालकै सल्लाहमा यो सहयोग गरिएको बताउनुभयो । गृह जिल्लामा यो माहामारिबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर आईसोलेशनको आवश्यकता अनुशार बुझेर नै सहयोग गरिएको सम्पर्क परिवारका सचिव प्रकाश घिमिरेले बताउनुभयो । ४ वटा ५ केभिएको स्टोपलाईजर मध्ये ३ वटा खांदबारी अस्पताललाई दिईसकिएको र १ वटा स्टोपलाईजर मेसिन चैनपुर आईसोलेशनमा हस्तान्तरण गरिने प्रकृयामा रहेको छ ।
यो माहामारिमा अक्सिजनको जताततै हाहाकार भएको बेलामा अक्सिजन सिलिन्डर भरेर ल्याउन लान समस्या भोगिरहेका अवस्थामा यो मेसिन प्राप्त भएपछी अक्सिजन कन्सनटेटर संचालन गर्नमा सहज भएको जिल्ला अस्पताल खाँदबारीका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो – “बिपत्तिको बेलामा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले यो सहयोग गर्नुभएकोमा हामी अस्पतालको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छौ।”
यो सहयोगका लागि नेपाली कांग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठले संखुवासभा सम्पर्क परिवार दक्षिण कोरिया र जिल्ला अस्पतालका बीच संयोजन गर्नु भएको थियो।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #corona update, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्