डिएसपी भाटको ज्यादती विरुद्ध सर्लाही कांग्रेस आक्रोशित, दमन नरोके आन्दोलन गर्ने चेतावनी
सर्लाही । तरकारी किन्न गएका आफ्ना प्रतिनिधिलाई प्रहरीले दुब्यवहार गरेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । बुधबार साँझ तरकारी किन्न बजार गएको समयमा ईलाका प्रहरी कार्यालय बरर्थहवाका प्रहरीले दुब्यवहार गरेर दुइ घण्टा सम्म प्रहरी नियन्त्रणमा राखेको भन्दै नेपाली कांग्रेस सर्लाहीले बिरोध जनाएको हो ।
निषेधाज्ञाको समयमा खाद्यान्न तथा अत्यावश्यक वस्तु खरिद गर्न केही घण्टा छुट दिएको समयमा तरकारी किन्न पुगेका नेपाली कांग्रेस सर्लाहीका क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्र दासलाई ईलाका प्रहरी कार्यालय बरर्थहवाका प्रहरी प्रमुख उद्वव सिंह भाटले दुब्यवहार गरेका थिए । कांग्रेस बरर्थहवा नगर समिति सभापति उपेन्द्र महत्तोद्वारा जारी हस्ताक्षर बिज्ञप्तिमा (डिएसपी) भाटको ज्यादतीको विरोध गरेका छन् । उनलेे प्रहरीको ज्यादती नरोकिए आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् । सर्वसाधारणलाइ हात मुख झोर्न केही घण्टा खुकुलो पारेको अवस्थामा प्रहरीबाट हुने यस्ताखाले दमनको आफुहरुले खुलेर बिरोध जनाउने बिज्ञप्तिमा भनिएको छ ।
इलाका प्रहरी कार्यालय बरथवाका प्रमुख भाट बिवादित प्रहरी अधिकारी हुन् । यस अघि उनलेे बाजुरामा प्रहरीको नेतृत्व सम्हाल्दा सर्वसाधारणलाइ हत्तकडी लगाएर जेल हाल्ने चेतावनी दिएको अडियो समेत सार्वजनिक भएको थियो । उनको त्यो अभिव्यक्तिले त्यतिबेला प्रहरी संगठनलाइ लज्जित बनाएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्