आजबाट काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने , सचेत रहन महाशाखाले गर्यो अपिल
काठमाडौं, ११ जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा रहेको ‘यास चक्रवात’को प्रभाव नेपालमा पनि देखिन थालेसँगै भोलिदेखि केही ठाउँमा भीषण वर्षा हुने सम्भावना औंल्याएको छ ।
लुम्बिनी प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म नै बादलका रुपमा ‘यास चक्रवात’को प्रभाव देखिन थालेको महाशाखाको भनाइ छ । चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
बङ्गालको खाडीमा रहेको चक्रवात आज र भोलि शक्तिशाली बनेर उत्तरपश्चिमतर्फ जाने देखिएको महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव अबका केही दिन नेपालमा पनि देखिने भन्दै महाशाखाले विशेष बुलेटिनमार्फत सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेको छ ।
चक्रवातको कारण आज दिउँसोपछि वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही ठाउँमा हिमपात र हावाहुरी लाग्ने सम्भावना रहेको छ ।
भोलिदेखि केही दिन देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययम खालको वर्षा र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने छ । पर्सि बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हिमाली क्षेत्रमा हिमपात र तीव्र गतिको हावा चल्ने सम्भावना रहेकाले अबका केही दिन हिमाल आरोहणमा नजान र हिमाल छेउमा भएकाहरुले सुरक्षित रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ठूलो पानी पर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्