संखुवासभामा तेस्रो पटक निषेधाज्ञा थप
निषेधाज्ञा जेष्ठ २५ गते सम्म लम्बियो
खाँदबारी, जेठ ११ – जिल्ला प्रशासन कार्यालय संखुवासभाले निषेधाज्ञाको समयावधि तेस्रो पटक थप गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्ला भर लागु हुने गरि जेठ २५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा अवधि थप गर्नुभएको हो । जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले जेठ २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम २०७८ बैशाख २६ गते राति १२ बजे देखि लागु भएको निषेधाज्ञालाई जेठ २५ गते मंगलबार राति १२ बजे सम्म लागु हुने गरि निरन्तरता दिने निर्णय भएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो । घिमिरेले सदरमुकाम खाँदबारी लगायत जिल्लाका मुख्य बजार क्षेत्रहरुको निषेधाज्ञामा एकरुपता कायम गर्ने समेत निर्णय भएको बताउनुभयो ।
सार्वजनिक निर्माण काममा प्रयोग हुने सवारी साधनलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै निर्माण सामग्री ढुवानी गर्न पाउने व्यवस्था गरिएको छ । दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ७ बजे देखि ९ बजेसम्म मात्र खोल्न दिइने साहायक प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो समय सदरमुकाम लगायत जिल्लामा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । हाल सम्म जिल्लामा चैत्र १९ फछि हालसम्म संक्रमितको संख्या ५ सय ८८ जना रहेको छ । त्यस मध्ये ३ सय ५१ जना सत्रिय संक्रमित रहेको र २ जनाले कोरोना भाईरसका कारण ज्यान गुमाएको जिल्ला स्वास्थ कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभामा पहिलोपटक वैशाख २६ गते राति १२ बजेदेखि लागू हुनेगरी ७ दिने निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि निरन्तर निषेधाज्ञाको समयावधि थप हुँदै आएको छ ।

क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्