एमालेभित्र विवाद भएका बेला नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन, को हो डिजाइनर ?
९ जेठ । सत्तारुढ एमालेभित्रको आन्तरिक विवादले पार्टी विभाजनको अन्तिम संघारमा रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि निवेदन दिएको खुलासा भएको छ ।
एमालेका नेता समेत रहेका जीवन राईले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । राईले वैशाख ७ गते आयोगमा निवेदन दिएको खुलासा भएको छ ।
एमालेका नेता राई आफैले पार्टी दर्ता गरेका हुन् वा अरु कसैले दर्ता गर्न लगाएको हो ? केही भनिएको छैन ।
राईले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएपछि एमालेका शुभेच्छुकहरूले चासो देखाएका छन् ।
यो नयाँ पार्टी वरिष्ठ नेता माधव नेपाल समूहले दर्ता गर्न निवेदन दिएको त होइन ? भनेर एमालेभित्र चर्चा भएको एक केन्द्रीय सदस्यले बताए ।
एमालेका वरिष्ठ नेता माधव नेपालले आइतबार एउटा राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा नयाँ पार्टी गठन गर्ने बताएका थिए ।
निर्वाचन आयोगले पनि राईलाई अझै दल दर्ताको प्रमाणपत्र दिएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेभित्र विवाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्