जंगली च्याउ खादा सिलिचोङका एकै घरका नौ जना बिरामी
संखुवासभा जिल्लाको सिलिचोङ गाउँपलिका वडा नं. ५ याफुका जंगली च्याउ खाँदा एकै घरको ९ जना विरामी परेका छन् ।
गत शुक्रबार रातिदेखि घरका बुवा बुद्ध बहादुर राई र आमा बुद्धि माया राईसहित परिवारका नौ जना विरामी परेका छन् । विरामी पर्नेमा छोराहरु महेन्द्र राई, बिरेन्द्र राई, शहदेव राई, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् ।
शुक्रबार साँझ जंगलबाट फर्किने क्रममा च्याउ टिपेर ल्याई खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेको स्थानीय प्रेम मेवाहाङले जानकारी दिनुभयो ।
याफु आधारभूत स्वास्थ्य सेवा इकाईबाट ९ जना मध्ये ८ जनालाई जिल्ला अस्पताल खाँदबारी रेफर गरिएको थियो ।
नौ जनाको परिवार मध्ये बुवा भने याफू आधारभूत स्वास्थ्य ईकाईमा नै उपचार भईरहेको र अन्यको जिल्ला अस्पताल संखुवासभामा उपचार भईरहेकोमा किड्नी र कलेजोमा बढि समस्या देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल संखुवासभाबाट आईतबार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्