प्रधानमन्त्रीसँग अरु बिकल्प नरहेको भन्दै जसपा ठाकुर-महतो पक्षले गर्यो निर्वाचन घोषणाको स्वागत
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ।
जसपाको ठाकुर महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टी ताजा जनादेशको पक्षमा रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेको हो । ‘एमाले र जसपामा अस्थिरताको द्योतक देखियो। अराजकता देखियो। यस्तो अवस्थामा प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटनको विकल्प थिएन,’ शुक्लले भन्नुभयो, ‘प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेकाले अब निष्पक्ष निर्वाचनका लागि सबैले सहयोग गर्नुपर्छ।’
संविधानको धारा ७६ को उपाधारा (५) अन्तर्गत सरकार बन्न नसक्ने नसक्ने निर्धारण गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको भन्दै उहाँले उपाधारा (५) अन्तर्गत सरकार नबनेपछि प्रधानमन्त्री ओलीसँग अरु विकल्प नरहेको प्रष्ट पार्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्