Techie IT
शुक्रबार, साउन २२,२०८३

हस्ताक्षर दुरुपयोग भन्दै एमाले सांसदहरुद्वारा विराेध


नेकपा एमालेका सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

शुक्रबार विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दावी गर्ने पत्रमा आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, नारायण खतिवडा, जसकुमार राई र गणेश पहाडीले विरोध जनाएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले सांसद


तपाईको कमेन्ट लेख्नुहोस्