जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने संकेत
जेठ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने संकेत गरेको छ ।
जसपाले आफ्ना सांसदहरुलाई काठमाडौँ नछोड्न पनि आग्रह गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।
बैठकमा नेता महतोले प्रधानमन्त्री ओलीले आफूहरुको माग पुरा गरिरहेको बताउँदै ओलीलाई समर्थन गर्नुपर्ने धारणा राखेका थिए ।
जसले मधेशको माग पूरा गर्छ उसलाई आफ्नो पार्टीको समर्थन रहनुपर्ने नेता महतोको भनाइ थियो ।
महतोले भने, ‘सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ । दुवै विकल्पमा जसपा जानसक्छ ।’
जसपाले सरकार गठन तथा समर्थनका लागि अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्