असाय , अपाङ्ग तथा अनाथ बालबालिकाहरुको साहारा बन्दै पालबरलिङ्ग सेन्टर
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अहिले सबै क्षेत्र प्रभावित छ । रोग नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन गर्यो । बीचमा लकडाउन खोलेपनि अहिले अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । विशेषतः दिनदुःखीहरु प्रत्यक्ष प्रभावित छन् ।
कोरोना महामारीका बिच गरीब तथा दीर्घरोगीहरु पनि समस्यामा छन् । यसै बिच गरीब , असाय , अपाङ्ग तथा अनाथ बालबालिकाहरुको साहारा बनेको छ पालबरलिङ्ग सेन्टर । अमेरीका बस्ने केहि नेपालीहरुद्धारा शुरु गरिएको यस संस्थाले नेपालका बिपन्न नागरीकहरुका दुखमा मलमपटी लगाउदै आएको छ ।
पछिल्लो समय निषेधाज्ञाबाट मारमा परेका गरिव , अनाथ तथा अपाङ्गहरुलाई यो सस्थाले खाध्यान सहित स्वास्थ सामाग्री बितरण गरेको छ ।
जोरपाटीमा रहेको अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाल , गोगंबुमा रहेको , हिमालयन बृद्धाश्रम , बालाजुमा रहेको युनाइटेट बाल गृह , नेपालटारको अपाङ्गता केन्द्र , दक्षीणकालीमा रहेको बोदीचित बाल गृह सहित करिव १० वटा संस्थालाई १३० बोरा चामल , दाल , चिउरा , तेल , माक्र्स , स्यानिटाइजर आदी उपलब्ध गराएको छ ।
यसैबिच निषेधाज्ञाबाट मारमा परेकालाई सहयोग गर्नुसबैको दायीत्व रहेको समाजसेवी राजु गुरुङ्गले बताए ।
गुरुङ्गका अनुसार अमेरीकाबाट संचालित सो संस्थाले आउँदादिनहरुमा पनि सहयोग जारी राखीने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #palbar linl center, #पालबरलिङ्ग सेन्टर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्