कोशी अस्पताललाई भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको दुई सय थान पिपिए
काठमाडौं, ६ जेष्ठ- भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले विराटनगर स्थित कोशी अस्पातलाई दुई सय थान पिपिए उपलब्ध गराएको छ । फाउण्डेसनले विहिवार उक्त सहयोग हस्ताण्तरण गरेको हो । पिपिए हस्ताण्तरण कार्यक्रममा फाउण्डेसनका सचिव महेश आचार्य, सल्लाहकार जीवन घिमिरे, सदस्यद्वय महेश रेग्मी र सुवास आचार्य लगायतका शुभेच्छुकहरु र अस्पताल संचालक समिती अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास लगायतको उपस्थिती रहेको थियो ।
कोभिड १९ को नयाँ भेरियण्टका कारण संक्रमणको जोखिम बढदै गईरहेको स्थित माझ मोरङ् स्थित उक्त अस्पतालमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै मुख्य आवश्यकताको पहिचान गरि उक्त सहयोग उपलब्ध गराएको फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी गराईन् ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेसन पूर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको स्मृतिमा स्थापना भएको सामाजिक संस्था हो । स्वर्गिय नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारी फाउण्डेसनको अध्यक्ष छिन । फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको छ भने अन्य सामाजिक कार्यमा समेत संलग्न रहदै आएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्