टोखाका मेयर अधिकारीको जनप्रीय कदम : मध्यराती ग्रीनसीटी अस्पताललाई अक्सीजन दिँदा बच्यो २८ जनाको ज्यान
काठमाडौं । टोखाा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रीन सीटी अस्पताललाई १० वटा अक्सीजन सीलीण्डर सहयोग गरेको छ ।
मध्यराती अस्पतालमा अक्सीजनको हाँहाकार भएपछि मेयर अधिकारीले नगरपालिकाको तर्फबाट सहयोग गरेका हुन ।
ग्रीन सीटी अस्पतालकी निर्देशक रेनु गुरुङ्गका अनुसार भेन्टीलेटरमा रहेका १३ जना बिरामी तथा आइसीयूमा रहेका १५ जना बिरामीहरुलाइ राती १ बजे अक्सीजन अभाव भएपछि नगरप्रमुखलाई फोन गरेको र उहाँको अगुवाइमा १० सिलिण्डर अक्सीजन वितरण गरिएको हो ।
समयमानै अक्सजीजन प्राप्त गर्दा २८ जना बिरामीको ज्यान जोगाउन अस्पताल सफल भएको निर्देशक गुरुङ्गको भनाई छ ।
ग्रीन सिटी अस्पतालले मेघा पार्टी प्यालेसमा थप २५ शैया कोभीड बिरामीहरुलाई तयार गरेको छ ।
यसैबीच टोखा नगरपालीकाले कोभीडबिरुद्धको लगाईमा सम्पूर्ण पूर्वाधारको तयारी गरीसकेको छ भने आवश्यक अनुसार अक्सीजनको पनि ब्यवस्थापन गरिसकेको मेयर प्रकाश अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ग्रीनसीटी अस्पताला, #टोखाका मेयर अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्