Techie IT
शुक्रबार, साउन २२,२०८३

तारकेश्वर पत्रकार मंचद्धारा गरिव निमुखाहरुलाई राहात वितरण


काठमाडौं । तारकेश्वर पत्रकार मञ्चको पहलकदमीमा आज तारकेश्वरका ३ बालगृह र आश्रममा राहत वितरण गरिएको छ । मञ्चकाको पहलकदमीमा आएको राहतलाई मञ्चका महासचिव रामशरण न्यौपाने, सहसचिव हरिराम भेटुवाल र कोषाध्यक्ष सबु बस्नेतको टिमले राहत वितरण गरेका थिए ।

तारकेश्वर १० को शुभकामना चोकमा रहेको एकीकृत सिर्जनशिल समाजमा रहेका ४८ जना बालबालिकाहरु जो १० वर्षे जनयुद्धका क्रममा सहिद र बेपत्ता भएका नागरिकहरुका छोराछोरीहरुका लागि १० बोरा चामल, १ बोरा दाल, १ बक्स तेल र केही सेनिटाइजर र मास्क वितरण गरिएको छ । त्यस्तै तारकेश्वर ६ को सनफ्लावर स्कुल छेउमा रहेको अपाङ्ग सेवा केन्द्रमा २२ जना अपाङ्ग भएको ठाउँमा खानाको अभाव भयो भन्ने समाचार आउने वित्तिकै १० बोरा चामल १ बोरा दाल, आधा बोरा चिनी र केही माक्स, सेनिटाइजर वितरण गरिएको छ । त्यस्तै फुटुङको एक बालगृहमा ५ बोरा चामल लगायतका खाद्य सामाग्री वितरण गरिएको छ ।

तारकेश्वर पत्रकार मञ्चले कोभिडका कारण समस्यामा परेका र कोभिड भई समस्यामा भएका पत्रकारका लागि राहत संकलन गरी वितरण गर्ने योजनाअनुसार नै समस्या भएका पत्रकारका लागि पनि केही राहत वितरण गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर पत्रकार मंच


तपाईको कमेन्ट लेख्नुहोस्