Techie IT
आईतबार, साउन २४,२०८३

चितवनमा नगद एक लाख ७८ हजार रुपैयाँ सहित सात जुवाडे पक्राउ


चितवन । चितवनको खैरहनीबाट सात जना जुवाडे पक्राउ परेका छन् । हार जीत हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको टोलीले खैरहनी नगरपालिका ८ नयाँटोलस्थित ३३ बर्षीया रोशन श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा एक लाख अठहत्तर हजार दुई सय पचासी रुपैँया र ४ बुक तास सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा घरधनी श्रेष्ठ सहित सोही ठाउँ बस्ने बर्ष ३९ को राजु थापा भन्ने तिलक बहादुर मगर, बर्ष ३१ को कमल श्रेष्ठ, बर्ष ५८ को टोप बहादुर गुरुङ, बर्ष ३५ को भिम बहादुर श्रेष्ठ, बर्ष ४७ को निल पुन र नयाँरोड बस्ने बर्ष ४४ को प्रेम प्रसाद महतो रहेका छन् ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्