कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न विवेकशील साझा पार्टीको माग
विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ ।
विवेकशीलले बिहीबार कञ्चनपुरमा भएको घटनाका दोषीलाई कारबाही गरी घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई सकारात्मकरूपमा लिएको बताउँदै प्रवक्ता पौड्यालले अन्य विभिन्न घटनामा बन्ने छानबिन समितिजस्तै यो समिति पनि कर्मकाण्डी मात्रै नहोस् भन्नेमा सरकारको ध्यानाकर्षण गराएको छ । गत साउन ११ गते कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #विवेकशील साझा पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्