दुईदिने सुत्केरीलाई कोरोना संक्रमण
संखुवासभा जिल्ला अस्पतालमा दुई दिने सुत्केरीलाई समेत कोरोना संक्रमण भएको छ । आमा र बच्चाको अवश्था बिग्रिएपछि सभापोखरी गाउँपालिका २ का २८ बर्षिया रुपा तामाङको बुधबार सल्यक्रियाबाट सुत्केरी गराईएको थियो ।
बुधबार सुत्केरी भएकी रुपालाई बिहीबार र शुक्रबार कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । अप्रेशनमा सम्लग्न चिकित्सक डा. भिमबहादुर लामाले उनलाई सुत्केरी गराउँन ल्याउँदा नै कोरोना संक्रमण भएको अनुमान गरे । जताततै संक्रमण फैलिएकाले उनको जिल्ला अस्पतालमा सल्यक्रियाबाट बच्चा निकालिएको थियो ।
कोरोना संक्रमण देखिएपछि सुत्केरीलाई अस्पतालभित्र बेग्लै आईसोलेसन वार्ड बनाएर उपचार सुरु गरिएको छ । डा. लामाको नेतृत्वमा उनको अप्रेशन गरिएको थियो । सुत्केरी र बच्चाको अवश्था भने सामान्य छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #corona update, #जिल्ला अस्पताल संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्