पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाद्वारा ‘आपतकालीन राहत कोष’ स्थापना
काभ्रेपलाञ्चोक।कोरोना कहरकै बीचमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारको सहयोगका लागि कोरोना भाइरसको प्रभावले पर्ने कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले रु पाँच लाखको ‘आपतकालीन राहत कोष’ स्थापना गरेको छ ।
पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्रीराज तिमल्सिनाले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा खाता खोलेर आफ्नो तर्फबाट सोमबार रु १० हजार रकम जम्मा गरी सो कोष स्थापनाको घोषणा गरेका हुन्।
समाचार सङ्कलनका क्रममा अग्रपङ्क्तिमा खटिने धेरैजसो सञ्चारकर्मीको तलब, सेवा सुविधालगायत बीमा, बोनस, सञ्चयकोष केही पनि नहुने र पाएको जागिरको तलबसमेत समपमामा उपलब्ध नहुने वास्तविकतालाई ध्यानमा राखेर गाह्रो र अप्ठ्यारो पर्दा मद्दत गर्ने उद्देश्यले सो कोषबाट सहयोग गर्ने गरी कोष स्थापना गरेको महासङ्घले जनाएको छ ।
कोरोनाकै कारण कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई थोरै भए पनि राहतको महसुस गराउन सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेले रु पाँच लाखको आपतकालीन राहतकोष स्थापनाको कार्य अगाडि बढाएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
कोषमा रकम जम्मा गर्ने गराउने तथा सहजीकरण गरिदिन महासङ्घले सबैमा आग्रहसमेत गरेको छ । त्यसका लागि महासङ्घले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाको खाता नं १०४०१००००७२०२००१ मा जम्मा गरी सहयोग गर्न महासङ्घले अनुरोध गरेको छ ।
पत्रकार महासङ्घले आह्वान गरेको सहयोगका लागि सोमबार विद्यार्थी सङ्गठन अनेरास्ववियू काभ्रेले नगद रु १५ हजार र जिल्लाबाट प्रकाशित प्रभातफेरी साप्ताहिकको प्रधानसम्पादक प्रल्हाद शर्मा हुमागाईँले रु पाँच हजार र पत्रकार कविता शर्माले रु १० हजार हस्तान्तरण गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ###पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक, ##राहत कोष, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्