अटेर गरेपछि खाँदबारीमा कडा निषेधाज्ञा ( फोटोफिचर )
खाँदबारी, बैशाख २७ – कोरोना संक्रमण फैलिएपछि खाँदबारी नगरपालिका र उद्योग वाणिज्य संघले गरेको बजारबन्दलाई स्थानीयले अटेर गरेपछि प्रशासनले सोमबार देखि जेठ २ सम्म संखुवासभामा निषेधाज्ञा लगाएको छ ।

नगरपालिका र व्यवसायीले गरेको बन्दमा पसल व्यवसाय आंशिक रुपमा खुलेको र यातायातका साधन निर्वाध गुडेपछि प्रशासनले कडाईका साथ निशेधाज्ञा जारी गरेको हो । बन्दको अवज्ञा भएपछि बाध्य भएर संक्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि एकसातासम्म जिल्ला भरि निषेधाज्ञा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताए । यसअघि व्यापारी र नगरपालिकाले जेठ २२ देखि खाँदबारी नगरक्षेत्र बन्द गरेका थिए ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोजलगायत भीडभाड हुने गतिविधि गर्न रोक लगाईएको छ । निजी तथा अति आवश्यक कामकाज बाहेकका सबै सवारी साधानहरु बन्द गरिएको छ । त्यस्तै अति आवश्यक बाहेकका पसल, कलकारखाना, व्यापारिक कारोबार बन्द छ । औषधोपचार, दूध, पानी, सरसफाई, खाद्यान्नलगायतका पसल स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको छ ।









क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार, स्थानीय
ट्याग : ##कोभिड१९, #corona update, #hot, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्