गाँजासहित भरतपुरका एक युवक पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध (गाँजा) सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालीका वडा नंम्बर १ बस्ने २० बर्षीया संगम प्रजापति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले उनको साथबाट प्रतिबन्धित लागूऔषध (गाँजा) ७९० ग्राम गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार शुक्रबार दिउँसो प्रहरीको नियमित चेकजाँचको लागी खटिएको प्रहरी अधिकृत सहितको टोलीले भरतपुर महानगरपालिका ११ जखडीमाईमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा शंकास्पद रहेका २ जना व्यक्ति लाई सोधपुछ गर्ने क्रममा फरार भएका थिए । पछि प्रहरीले पिछा गरी १ जनालाई पक्राउ गर्न सफल भएको उनलेे बताए ।
पक्राउ परेका प्रजापतिको शरीर तथा निजले हातमा बोकेको रातो रङको सपिङव्याग तलासी गर्दा सपिङ व्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा सानो-सानो पोकाले बनाएको ७ पोका प्लाष्टिकको झोलामा लागूऔषध (गाँजा) जस्तो देखिने पदार्थ फेला परेपछि उनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको (एसपी) अधिकारीले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्