भक्तपुर इन्टरनेसनल अस्पतालको लापरवाही ,आइसीयु र भेन्टिलेटरका बिरामीलाई निकालेर अन्यत्र लैजान दबाब
,अल्का लैजाँदै गर्दा एक संक्रमितको बाटैमा मुत्यु
भक्तपुर। मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालले आइसीयु र भेन्टीलेटरमा राखेका संक्रमित विरामीलाई अन्यन्त्र लैजान दवाब दिएपछि अल्का अस्पताल लैजादैं गर्दा एक विरामीको बाटैमा मुत्यृ भएको विरामीका आफन्तले बताएका छन् ।
बिरामीका आफन्तका अनसुार पन्ध्र शय्याको स्विकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसकेपछि राति आइसीयु र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीलाई समेत निकालेर अन्यत्र लैजान दबाब दिएको थियो ।
अक्सिजन नहुँदा भेन्टिलेटरमा उपचाररत भक्तपुर कमलविनायकका ४५ वर्षीय पुरुषको सोही अस्पतालमा र पोखरा स्थायी घर भएका ६० वर्षीय पुरुषको अल्का अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो अस्पतालले रिफरको कागजपत्र नदिई जबरजस्ती अन्यत्र लैजान भन्दै बिरामीलाई आइसीयुबाहिर निकालेको मृतकका आफन्तको भनाई छ।
सो विषयमा कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार अस्पताललाई पत्र समेत पठाएको छ।अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले पत्र पठाएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताएका छन।
उलले भने, “कारवाहीको प्रक्रिया शुरु गरेका छौँ, त्यसका लागि अस्पताललाई पत्र पठाएका छौँ, यो अनुसन्धानको पाटो हो, धेरै कुरा अहिले नै खुलाउन नमिल्ला, पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने छ ।”
क्याटेगोरी : समाचार
ट्याग : ## अक्सिजन अभाव, ##भक्तपुर इन्टरनेसनल अस्पताल, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्