अमेरिकामा गोलि प्रहारबाट संखुवासभाका सागर घिमिरेको मृत्यु
अमेरीकी नागरिकले चलाएको अन्धाधुन्ध गोली प्रहारबाट सङखुवासभा खाँदबारी नगरपालिका ६ का सागर घिमिरेको मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरमा शनिबार एक व्यक्तिले गरेको आगजनी र अन्धाधुन्ध गोली प्रहारमा घिमिरेको ज्यान गएको हो ।
प्रहरीका अनुसार ५६ वर्षीय एभर्टन ब्राउनले आफ्नो घरमा आगो लगाएपछि अन्धाधुन्ध गोली चलाएका थिए। घटनामा नजिकैको घरमा बस्ने संखुवासभाको खाँदबारी स्थायी घर भएका २७ वर्षीय सागर घिमिरेको ज्यान गएको हो । घटनामा अन्य तीन जनाको पनि ज्यान गएको छ । प्रहरी कारबाहीमा पछि ब्राउन मारिएका थिए । घिमिरे केहि समय अघिमात्र साउथ क्यारोलाइना स्थित क्लाफ्नि युनिभसिटिबाट कम्प्युटर साइन्समा स्नातक गरेको मृतक घिमिरेका सहोदर काका कप्तान घिमिरेले बताए ।
मृतक घिमिरे नेपालीको घरमा बस्दै आएका थिए । घर जले पछि घरमा भएको सामान निकालेर गाडीमा राख्दै गर्दा घिमिरेलाई गोली लागेको बाल्टिमोर एशोसियसन अफ नेपलिज अमेरीकाका पूर्वमहासचिव तथा पत्रकार गौतम दाहालले बताए ।
चार वर्षअघि अमेरिका गएका सागरले केही समयअघि मात्र स्नातकको पढाइ सकेका थिए । उनले छात्रवृत्तिमा क्लाफिन युनिभर्सिटीमा पढेका थिए । सागरका दाजु र बुबा खाँदबारीमा बस्छन् । आमाको केही समयअघि मृत्यु भएको थियो। दाजु अशक्त छन् ।
क्याटेगोरी : समाचार, देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्