पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइँदै
सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।
सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो ।
नेपालमा अहिले अक्सिजन सिलिन्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११।५ लिटर खपत भइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्