लागूऔषध गाँजासहित एक जना पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २७ का २९ वर्षीया सुदिप थापा मगर रहेका छन् । उनको साथबाट प्रहरीले २५० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार गएको बैशाख २१ गते दिउँसो साँढे ४ बजेको समयमा भरतपुर महानगरपालिका ४ रामघाटस्थित पुल्चोकदेखी शरणपुरतर्फ जाँदै गरेको ना.३७.प ६२३१ नम्बरको स्कुटरले साइकलयात्री जमिर अतरलाई ठक्कर दिएर भाग्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेका मगरको शरीर खानतलासी गर्दा उनले लगाएको कालो ज्याकेटको भित्रपट्टी कागजको २३ ओटा पोका पारी २३ ओटा पोकालाई प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा २५० ग्राम प्रतिबन्धित लागूऔषध (गाँजा) फेला परेको बताए । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्