संखुवासभामा आइतबार देखि जेष्ठ २ गते सम्म निषेधाज्ञा
खाँदबारी – संखुवासभामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारबाट पहिलो चरणको निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) संखुवासभाको शुक्रबार बसेको बैठकले बैशाख २६ देखि जेष्ठ २ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा गर्ने सिफारिस गरेको हो ।

जिल्लामा संक्रमण दर बढिरहेकाले संक्रमण फैलन नदिन जिल्ला भर निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी टेक नारायण पोख्रेलले जानकारी गराए । संक्रमण रोक ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार जिल्ल भर लागु हुने गरी जारी गर्ने निर्णय सुरक्षा समितिले निर्णय गरेको छ ।
जिल्लामा हाल सम्म ९० जना संक्रमित भएका छन् । जस मध्ये १४ जना निको भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । निषेधाज्ञा प्रभावकारी बनाउन सुरक्षा कडा पारिने जनाएको छ ।
#जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) संखुवासभाको निर्णयहरु :
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

क्याटेगोरी :
अपराध/सुरक्षा,
विशेष,
समाचार,
स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्