विदुर नगरपालिकाका वडा सदस्य भण्डारीको मस्तिष्काघातका कारण मृत्यु
नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उहाँलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो ।
भण्डारीका उपचारका लागि न्युरो अस्पताल पु¥याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो । नेकपा(एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताउनुभयो ।
उहाँको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरियो ।
क्याटेगोरी : समाचार
ट्याग : #विदुर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्