संखुवासभाको केवा र टुटेमा हेल्पडेक्स
संखुवासभामा दोश्रो चरणको कोरोना संक्रमण फैलिएपछि स्वास्थ्ययले जिल्ला छिर्ने दुई नाकामा हेल्प डेक्स स्थापना गरेको छ । स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीका अनुसार केवाखोला र टुटे देउरालीमा हेल्प डेक्स स्थापना भएको हो । हेल्पडेक्समा २ जना स्वास्थ्यकर्मी २ जना प्रशासनका कर्मचारी २४ घन्टा खटिने छन् ।
हेल्पडेक्समा ज्वरो आएको, खोकी लागेको या कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएकाको एन्टीजिन परिक्षण गरिने बाह्रकोटीले बताउनुभयो । जिल्लामा शुक्रबारसम्म ९० जना संक्रमित छन् । त्यसमध्ये १४ जना आईसोलेसनमा छन् । जिल्ला स्वास्थ्यका सूचना अधिकारी रोषण श्रेष्ठका अनुसार ५५ जना होम आइसोलेसनमा छन् । उनीहरुको अवश्था सामान्य रहेको पनि श्रेष्ठले बताउनुभयो । बुधबार राति जिल्ला अस्पताल खाँदबारीले सार्वजनिक सवारी साधन चढेर काठमाण्डौबाट आएकाको एन्टीजिन परिक्षण गरेको छ । बसबाट आएका २ जनामा पोजेटिभ देखिएको थियो ।
संक्रमण फैलन नदिन उद्योग वाणिज्य संघले पसल व्यापार बन्द गरेको छ । सरकारी कडाइ फितलो छ । जसका कारण सर्वसाधारणमा सावधानी खासै देखिदैन । परीक्षणको दायरा बढाउने, आवश्यकताअनुसार क्वारेण्टाइन क्षमता बढाउने, संक्र्रमितलाई व्यवस्थापन गर्ने तर्फ ध्यान कसैको गएको छैन । संक्रमितको कन्ट्याक्टमा आउनेलाई पहिचान गर्न नसक्दा जोखिम उच्च रुपमा बढ्दै गएको छ ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्