काठमाडौमा कोरोना संक्रमित उपसचिवको बाटोमै मृत्यु , एम्बुलेन्समा समेत छैन अक्सीजन
काठमाडौ । देशभरीका अस्पताल जटिल अवस्थाका कोरोना संक्रमितले भरिएको छ । अब अस्पतालमा नयाँ भर्ना गर्ने ठाउँ छैन ।
काठमाडौका जुनसकुकै अस्पतालमा फोन गरेपनि आईसीयू छैन । वार्ड छैन भनिरहेका छन् । किष्ट मेडिकल कलेजले त अक्सिजनको अभाव भएको सूचना निकाल्दै तीन दिनदेखि नयाँ भर्ना लिएको छैन ।
अधिकांश अस्पतालमा अवस्था यस्तै छ । यही बेला अत्यन्तै दु:खद खबर आएको छ । काठमाडौको चन्द्रागिरी १२ हरियाली निबासी संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण राज खनाल अब हामीबिच रहनुभएन ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टिपछि उहाँ घरमै आईसोलेसनमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई अचानक अक्सिजनको मात्रा कमि भएर सास फेर्न गाह्रो भयो । त्यसपछि अस्पताल लैजान एम्बुलेन्स बोलाईयो । एम्बुलेन्स अत्यन्तै ढिला आयो ।
त्यो बेलासम्म उहाँलाई निक्कै गाह्रो भएको थियो । दुर्भाग्य एम्बुलेन्समा अक्सिजन समेत थिएन । एम्बुलेन्समा भएको अक्सिजन अस्पतालको वार्डमा राखेको भन्दै चालक अक्सिजन नै नलिई पुगेका थिए ।
तर उहाँलाई अस्पताल लैजादै गर्दा बाटो मै दुःखद निधन भयो । अक्सिजन नभएकै कारण देशकै होनाहार व्यक्तिले बाटोमै मृत्युबरण गर्नुपर्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उपसचिव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्