कारोना संक्रमण नियन्त्रण र रोकथामकै सेरोफेरोमा सकियो मन्त्रिपरिषद् बैठक
काठमाडौँ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक वैठक कोरोना संक्रमण नियन्त्रण र रोगथामकै विषयमा बढी केन्द्रित भएको बताइएको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमणका सवालले मात्रै प्रवेश पाएको बताए । उनका अनुसार उक्त वैठकमा कोरोना भाइरस र यसको महामारीका बारेमा गम्भिर छलफलमा समस्या पहिचान तथा अहिलेको विषम परिस्थितको समिक्षा र यसबाट नेपाली जनतालाई जोगाउन अगाडिको स्वास्थ्य रणनीतिबारे वृहत छलफल भई कार्ययोजना निर्माण गर्ने काम अगाडी बढाइएको छ ।
यसबाहेका हिजोको मन्त्री परिषद्को बैठकमा राजनीतिसम्बन्धी कुनै निर्णय नभएको मन्त्री ज्ञवालीको भनाई छ ।
उनले भने,‘ खासगरी अक्सिजनको सहज उपलब्धताका निम्ति अक्सिजन प्लान्ट जडान गर्ने कामले निरन्तता पाएको छ । अब अक्सिजन कसैले पनि ‘होल्ड’ गर्न नपओस् भन्नेमा सरकार सचेत रहेको छ।’
स्रोतका अनुसार आज शुक्रबार पनि मन्त्री परिषद्को वैैठक बस्दै छ।
क्याटेगोरी : समाचार
ट्याग : ##मन्त्रिपरिषद् बैठक, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्