भण्डाराका प्रहरी प्रमुख गिरीको एक्सन : लागूऔषध (गाँजा) सहित एक जना पक्राउ
चितवन । चितवन प्रहरीले अवैध लागूऔषध (गाँजा) सहित एक जनालाई पक्राउ गरेको छ ।
पुर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित सुन्दरबस्तीमा स्थानीय डोलराज खरेलले आफ्नु कोठामा लागूऔषध (गाँजा) संचय गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी निरीक्षक राजीव गिरीको कमान्डको विशेष टोलीले उनलाई दुइ किलो ४५० ग्राम अवैध लागूऔषध (गाँजा) सहित (सोमबार) पक्राउ गरेको हो ।
चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी अधिकृतको टोली निजको घरमा गएको र त्यहाँबाट निज सुत्ने खाटको डसना मुनी स-साना प्लाष्टिकमा पोका पारी राखेको अबस्थामा प्रतिबन्धित लागूऔषध (गाँजा) जस्तो दखिने चिजबस्तु फेला परेको बताए ।
साथै, उनलेे घरको दक्षिणतर्फ रहेको चर्पी नजिकै प्लाष्टिकको बोरामा लागूऔषध गाँजा जस्तो दखिने चिजबस्तु फेला परेकोले यसबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको बताए । पक्राउ परेका खरेल उपर आवश्यक कार्वाहीका लागी ईलाका प्रहरी कार्यालय खैरहनीमा पठाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्