स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, स्वास्थ्यचौकी नै बन्द, गाउँपालिकाको सेवा पनि बन्द
विकल्प खै !
कास्की।कास्कीको माछापुच्छ«े गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए ।
इन्चार्ज केसीका अनुसार स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो ।

औषधीमूलोको लागि नजिकको एकमात्र आशाको केन्द्र उक्त स्वास्थ्यचौकी नै अनिश्चिितकालका लागि बन्द भएसँगै विकल्प नभएकोमा स्थानियहरुले भने चिन्ता व्यक्त गरेका छन् ।
गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा पनि बन्द गरिएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : ##सार्दिखोला स्वास्थ्यचौकी, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्