Techie IT
शुक्रबार, साउन २९,२०८३

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु


झापा। झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं ४७ वर्षीया प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते भएका थिए । उनलाई तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।

। भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्