प्रहरी निरीक्षक भट्टको एक्सन : खैरो हिरोइन सहित एक जना पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिवन्धित लागूऔषध खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।
पुर्वी चितवनको खैरहनी नगरपालिका १० शान्तीबजारमा खैरो हिरोइनको कारोबार भइरहेको भन्ने विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले राप्ती नगरपालिका ८ बिरेन्द्रनगर बस्ने ३२ बर्षीया सुजन तामाङलाइ पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटिएको प्रहरीको टोलीले स-साना प्लाष्टिकले पोका पारेको १५ पोका र साना ठुला २ (दुई) वटा प्लाष्टिकमा रहेको खैरो हिरोईन जस्तो देखीने ६ ग्राम २४० मिलिग्राम र बत्तीस हजार रुपैयाँसहित तामाङलाइ पक्राउ गरेको हो ।
साँझको समयमा शंकास्पद अवस्थामा पैदल हिंडिरहेका उनी चेकजाँच गर्ने क्रम्मा भागेका थिए । पछि प्रहरीले पिछा गरेर आफ्नु नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको खैरहनीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।
करणी गरेको आरोपमा एक जना पक्राउ ।
यसैबीच, नातामा छोरी पर्ने एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय खैरहनीले एक जनालाई पक्राउ गरेको छ ।
राप्ती नगरपालिका ९ बस्ने अन्दाजी १२ बर्षीया बालिकालाई आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने पीडितको आमाले दिएको जाहेरीका आधारमा प्रहरीले रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ५ (साविक बोदवार ७) घर भई हाल राप्ती नगरपालिका ९ बस्ने ३५ बर्षीया एक पुुुुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपितले घट्ना आफैंले गराएको भनी प्रहरी समक्ष स्वीकार गरेको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्