नागरिकको स्वास्थ्यमा महानगरको योगदान,२ अस्पतालमा अक्सिजन प्लान्टको स्थापना
सीता पौडेल(अर्चना)
काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाँसबारीमा अवस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्थापना गरेको अक्सिजन प्लान्टको आज शुभारम्भ गरिएको छ ।
दैनिक ४७ लिटरका १३५ सिलिन्डर उत्पादन क्षमता भएको उक्त प्लान्टको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज शुभारम्भ गरेका हुन । महानगरले उपलब्ध गराएको करिब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।
प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, १ हजार लिटर क्षमताको एअर ट्याङ्क, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, २ वटा अक्सिजन जेनेरेटरलगायतका उपकरण जडान गरिएका छन्
कामपाले गंगालालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै प्रमुख शाक्यले भने ,‘त्यतिबेला अक्सिजनको अहिलेजस्तो अभाव थिएन,त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ हुने आशा गरिएको छ ।’
उनका अनुसार अक्सिजनअक्सिजनआन्तरिक पाइप प्रणालीबाट विरामी भएको ठाउँसम्मै लगेर जडान गरिएको छ ।त्यस्तै उनले महानगरले अबको केही दिनमा नै कान्ति बालअस्पतालको प्लान्टको पनि सुभारम्भ गर्ने बताए ।
अस्पलालमै अक्सिजन उत्पादन गर्ने भएपछि गंगालाल अस्पतालले अब विरामीसँग अक्सिजनको पैसा नलिने प्रतिबद्धता जाहेर गरेको उनको भनाई छ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##अक्सिजन प्लान्ट, ##सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्