सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा छाडेको छैन : स्वास्थ्यमन्त्री
सीता पौडेल (अर्चना)
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितका उपचारमा सरकार नागरिकको साथमा रहेको र बाहिर प्रचार भएजस्तो कोरोना सङ्क्रमितको उपचारबाट हातखुट्टा नछाडेको बताएका छन्।
शनिबार बेलुका एक भिडियो सन्देशमार्फत उनले कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएकाले बाहिर प्रचार भएजस्तो नभएको भन्दै आतङ्कित नहुन सबैलाई आग्रह गरे ।
सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पादै मन्त्री त्रिपाठीले सरकार आवश्यक स्रोत–साधनको जोहो गर्न लागेकोले बताए ।अहिले सङ्क्रमितको संख्या बढेको र व्यवस्थापनका केही समस्याको उजागर गदै मन्त्री त्रिपाठीले सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको बताए ।
स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेको र अस्पतालका शय्याहरु विरामीले भरिएकाले निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न सचेत गराउन भनिएका कुरालाई लिएर सरकारको कम्जोरी भन्दै गलत अर्थ नलगाउन समेत उनले आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : ##सरकारले हातखुट्टा छाडेको छैन, ##हृदयेश त्रिपाठी, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्