नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । नेपाल र क्यारेबियन मुलुक डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको १६९ देशसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ ।
शुक्रबार संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसले दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाबारेको संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्।
यस अवसरमा दुवै राजदूतले पारस्परिक लाभका खातिर आपसी सम्बन्ध अझ विस्तार गर्ने सम्बन्धमा विचारविमर्श गरेको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।
हस्ताक्षरपश्चात दुवै देशका राजदूतले संयुक्तपत्रमार्फत राष्ट्र सङ्घका महासचिव एण्टोनियो गुटरेसलाई नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएको बताइएको छ ।
सात सय ५० वर्गकिलोमिटर क्षेत्रफल करीब ७५ हजार जनसङ्ख्या भएको टापु राज्य डोमिनिका र नेपाल समूह ७७ र असंलग्न आन्दोलनका सदस्य हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##कूटनीतिक सम्बन्ध, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्