निषेधाज्ञाको दोस्रो दिन आन्तरिक उडान ह्वात्तै घट्यो
काठमाडौँ ।काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाकोअसर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ।अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ। निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार आज कूल ७७ उडान भएका छन्।बुद्ध एयरका ३५,यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन्। बिहिबारको तुलनामाा यो सङख्या आधाभन्दा कम हो । शनिबार यो सङ्ख्या अझ घट्ने बताइएको छ ।
शनिबारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले बताउनुभयो। निषेधाज्ञा शुरु भएको पहिलो दिन बिहिबार विमानस्थलमा आन्तरिकतर्फ कूल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन्।यीमध्ये काठमाडौँबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौँ भित्रिएका विमानस्थलले जनाएको छ।
विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार बिहिबार सबैभन्दा बढी बुद्ध एयरले ९६ उडानबाट चार हजार २८ यात्रुलाई हवाई सेवा दिएको थियो । यती एयरलाइन्सले ५२ उडान गरेको थियो । ती उडानबाट दुई हजार ४५७ यात्रुलाई गन्तव्यमा पु¥याइएको छ।त्यसैगरी श्री एयरलाइन्सले एक हजार ४८४, तारा एयरले ११३, समिट एयरले ८३ र नेपाल एयरलाइन्सले १०४ यात्रुलाई सेवा दिएको विमानस्थलले जनाएको छ ।
निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १४९ उडानमार्फत १५ हजार २६३ यात्रुले सेवा लिएका थिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : ##आन्तरिक उडान#आन्तरिक उडान, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्