एमालेको १४७ सदस्यीय प्रदेश कमिटी गठन
प्रदेश कमिटीले पायो पूर्णता
काठमाडौं ।नेकपा (एमाले)ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता पाएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेपश्चात पूर्णता पाएको हो ।
एमालेले यसअघि प्रदेश कमिटीका पदाधिकारीको चयन गरिसकेको थियो ।पदाधिकारीमा यामलाल कँडेल प्रदेश इञ्चार्ज, लक्ष्मी पोखरेल र गुलावजङ्ग शाह सहइञ्चार्ज, गोरख बोगटी अध्यक्ष तथा धर्मराज रेग्मी सचिव रहेका छन् ।
सचिव रेग्मीका अनुसार सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, जिल्ला पार्टी अध्यक्ष, जिल्लास्तरका अगुवा नेता, पेशागत क्षेत्रबाट पार्टी सङ्गठनमा योगदान पु¥याएकालाई समेटेर कमिटी पूर्णता दिइएको छ । उनले अन्तरपार्टी निर्देशन बमोजिम साङ्गठनिक कामलाई तीव्रता दिने, तोकिएको समयमा मातहतका कमिटीका अधिवेशन सम्पन्न गर्न तयारी गर्ने, कोरोना भाइरस महामारीलाई रोकथाम तथा नियन्त्रणमा राज्यका निकायलाई सहयोग पु¥याउन स्वयंसेवक परिचालन गरिने बताए।
एमालेले आगामी मङ्सिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । त्यस्तै आगामी भदौ ५ गते वडा, भदौ १५ गते पालिका, भदौ ३० गते जिल्ला तथा असोज २३ गते प्रदेश अधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्