निषेधाज्ञामा काठमाडौं उपत्यकामा यस्ता संस्थालाई पास नचाहिने
काठमाडौँ, १७ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बंैक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ । जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कँही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न हुन जानकारी गराउनुभएको छ ।
साथै उहाँले अन्य अनाश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिप्रका काठमाडौँबाट सवारी पास जारी नहुने जानकारी गराउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पास नचाहिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्