डिएसपी रानाको एक्सन : ५१ हजार रुपैयाँ नगद सहित १० जुवाडे पक्राउ
चितवन । चितवन प्रहरीले जुवा खेल्दै गरेका १० जना जुवाडेलाइ बुधबार पक्राउ गरेको छ । पुर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित गैरीबारीमा रहेको अमर बहादुर खत्रीको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर र प्रहरी चौकी खोलेसिमलबाट खटिएको प्रहरीको टोलीले एक बुक तास र अन्दाजी ५१ हजार ३८५ रुपैयाँ नगद सहित १० जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कालिका नगरपालिका ९ का ३८ वर्षीया नगेन्द्र श्रेष्ठ, सोही स्थानका २४ वर्षीया किशोर थापा, कालिका नगरपालिका ८ का ३९ वर्षीया जीवन भन्ने तुलाध्वज खत्री, सोही स्थानका ४० वर्षीया अजीत कुमार बल तामाङ, ३१ वर्षीया प्रकाश थापा, ४१ वर्षीया वासुदेव खत्री, ४० वर्षीया बुद्ध बहादुर मगर, २४ वर्षीया सुमन नेपाल, १९ वर्षीया रेशम प्रजा, ३३ बर्षीया यादव कुमार चेपाङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय रत्ननगर चितवनका प्रहरी प्रमुख इन्द्रबहादुर रानाका अनुसार पक्राउ परेकाहरुलाइ अहिले आवश्यक कार्वाहीका लागी आफ्नु नियन्त्रणमा राखेको बताए । उहाँहरु हाम्रो नियन्त्रणमा हुनुहुन्छ, हामीले अनुसन्धान गरिरहेका छौँ, उनलेे भने ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्