भोलि देखि संखुवासभाका सबै शैक्षिक संस्थाहरु बन्द हुने

संखुवासभा, १६ बैशाख – संखुवासभाका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ संकट ब्यबस्थापन समिति (डिसिसिएमसि) को बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौ लगायत तराईका विभिन्न जिल्लाहरुबाट घर फर्किनेहरुको लर्को लागेकाले कोभिड–१९ को संक्रमण जोखिम बढेको भन्दै जिल्लाका १० वटै स्थानीय तह भित्रका शैक्षिक संस्थाहरुको पठनपाठन बन्द गर्नुका साथै दक्षिणी नाका टुटेदेउराली र केवाखोलामा चेकजाँच गर्ने निर्णय गरेको हो ।
बैशाख १७ गते देखी जिल्लाका सम्पूर्ण शैक्षिक संघसंस्थाहरुको पठनपाठन बन्द गर्ने र जिल्ला भित्रिने नाकाहरु टुटेदेउराली र केवाखोलामा चेकजाँच गर्न शुरुवात गर्ने निर्णय गरिएको कोभिड १९ संकट ब्यबस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । पौडेलले कोभिड १९ को न्यूनीकरणका लागि नागरिक आफैपनि सचेत रहन आग्रह गर्नुभयो ।
जिल्लाका सबै विद्यालयहरु बन्द गर्ने र स्रोत साधान भएका विद्यालयहरुले भर्चुअल र दुरशिक्षा प्रणालीबाट पठनपाठा गर्नसक्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाका कार्यालय प्रमुख केशव भट्टराईले बताउनुभयो । भट्लेटराईले स्वास्थ्य भन्दा ठूलो चीज पढाई नभएकाले लुकीछुपी भिडभाड गरि टयूसन सेन्टरहरु समेत संचालन नगर्न अनुरोध गर्नुभयो ।
कोभिड १९ संक्रमण जोखिम बढ्र्दै गइरहेको सन्दर्भमा संखुवासभा जिल्लामा कोभिड १९ अस्पताल र आइसोलेसन तयारीमा अवस्थामा रहेको स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । बाह्रकोटीले नाकामा चेकजाँच गर्दा संक्रमित भेटिए आइसोलेनमा राखिने स्पष्ट पार्नुभयो ।
सबै नागरिकहरुले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्ने, जथाभावी भीडभाड नगर्ने, बजार पसलमा भीडभाड नगर्ने लगायतका थुप्रै निर्णयहरु गरिएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, #जिल्ला स्वास्थ कार्यालय संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्