भोलि देखि संखुवासभाका सबै शैक्षिक संस्थाहरु बन्द हुने
संखुवासभा, १६ बैशाख – संखुवासभाका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ संकट ब्यबस्थापन समिति (डिसिसिएमसि) को बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौ लगायत तराईका विभिन्न जिल्लाहरुबाट घर फर्किनेहरुको लर्को लागेकाले कोभिड–१९ को संक्रमण जोखिम बढेको भन्दै जिल्लाका १० वटै स्थानीय तह भित्रका शैक्षिक संस्थाहरुको पठनपाठन बन्द गर्नुका साथै दक्षिणी नाका टुटेदेउराली र केवाखोलामा चेकजाँच गर्ने निर्णय गरेको हो ।
बैशाख १७ गते देखी जिल्लाका सम्पूर्ण शैक्षिक संघसंस्थाहरुको पठनपाठन बन्द गर्ने र जिल्ला भित्रिने नाकाहरु टुटेदेउराली र केवाखोलामा चेकजाँच गर्न शुरुवात गर्ने निर्णय गरिएको कोभिड १९ संकट ब्यबस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । पौडेलले कोभिड १९ को न्यूनीकरणका लागि नागरिक आफैपनि सचेत रहन आग्रह गर्नुभयो ।
जिल्लाका सबै विद्यालयहरु बन्द गर्ने र स्रोत साधान भएका विद्यालयहरुले भर्चुअल र दुरशिक्षा प्रणालीबाट पठनपाठा गर्नसक्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाका कार्यालय प्रमुख केशव भट्टराईले बताउनुभयो । भट्लेटराईले स्वास्थ्य भन्दा ठूलो चीज पढाई नभएकाले लुकीछुपी भिडभाड गरि टयूसन सेन्टरहरु समेत संचालन नगर्न अनुरोध गर्नुभयो ।
कोभिड १९ संक्रमण जोखिम बढ्र्दै गइरहेको सन्दर्भमा संखुवासभा जिल्लामा कोभिड १९ अस्पताल र आइसोलेसन तयारीमा अवस्थामा रहेको स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । बाह्रकोटीले नाकामा चेकजाँच गर्दा संक्रमित भेटिए आइसोलेनमा राखिने स्पष्ट पार्नुभयो ।
सबै नागरिकहरुले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्ने, जथाभावी भीडभाड नगर्ने, बजार पसलमा भीडभाड नगर्ने लगायतका थुप्रै निर्णयहरु गरिएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, #जिल्ला स्वास्थ कार्यालय संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्