पूर्वमहारानी कोमल आइसीयूमा
पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उहाँले भन्नुभयो । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ । उहाँकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ ।
केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उहाँहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पूर्वमहारानी कोमल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्