ढुवानी र आपूर्तिमा समस्या भए सहजकर्तालाई फोन गर्नुहोसःमन्त्रालय
सीता पौडेल (अर्चना)
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज गराउन उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम /सहजकर्ता तोकेको छ ।
मन्त्रालयले ढुवानी र आपूर्तिमा समस्या भए रेस्पोन्स टिम/सहजकर्तालाई तुरुन्त् फोन गर्न अनुरोध गरेको छ ।मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गरि सम्बन्धित व्यक्तिहरुको मोबाइल नम्बरसमेत उल्लेख गरेर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा समस्या भए सम्पर्क गर्न अनुरोध गरेको हो ।
सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै बजारमा आपूर्ति व्यस्थामा कमि भएको भन्ने जनागुनासोलाई मध्येनजर गदै यस्तो हुन नदिन सहजकर्ता तोकिएको जनाएको छ ।
मन्त्रालयका अनसुार यो टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्न स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्ने छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम, #breaking, #उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्