मोरङमा ९६६ महिला बेपत्ता, नजिकका आफन्त नै दुश्मन
मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले बताए।
माइती नेपाल मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एक वर्षको अवधिमा ३७ महिला तथा युवतीलाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको जनाएको छ । सो अवधिमा मोरङ, सुनसरी, धनकुटा, उदयपुर, काठमाडौँ, भक्तपुर, सिरहा, सप्तरी सोलुखुम्बु, बारा, चितवन, सिन्धुपाल्चोक, खोटाङ र झापा जिल्लाका महिलालाई बेचबिखनबाट रोक्न सफल भएको हो ।
अघिल्लो वर्ष सोही अवधिमा ११० युवती तथा महिलालाई मोरङको भारतसँग सीमा जोडिएका क्षेत्रबाट उद्धार गरिएको थियो । मोरङको विभिन्न खुला सीमावर्ती क्षेत्रबाट भारततर्फ बेचबिखन गर्न लगिएका युवती तथा महिलालाई नियन्त्रणमा लिई अभिभावकलाई बुझाइएको संयोजक पोखरेलको भनाई छ ।
कोभिड–१९ का कारण विराटनगरको रानी सीमा नाका बन्द भए पनि चोरबाटो प्रयोग गरेर बिचौलियाहरुले विभिन्न प्रलोभन देखाई युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि पु¥याउने गरेको कार्यालयले जनाएको छ ।
युवतीलई मिस कल गर्ने, छोटो सन्देश पठाउने, फेसबुक, इमेलगायतका सामाजिक सञ्जाल प्रयोग गरी राम्रो नोकरी, प्रेम विवाह गर्ने आदि प्रलोभन देखाई भारततर्फ बेचबिखनका लागि लग्ने गरेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले सामुदायिक विद्यालयका ८ देखि १० कक्षासम्मका युवतीमा जनचेतना बढाउनुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##९६६ महिला बेपत्ता, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्